नियम २३
वेरुजु फछ्र्यौट
(१) लेखापरीक्षणबाट औल्याइएका वेरुजुको सम्बन्धमा सो वेरुजुको सूचना प्राप्त भएपछि सो सूचनामा वेरुजु फछ्र्यौट गर्ने म्याद तोकिएको भए सो म्यादभित्र र नतोकिएकोमा पैंतीस दिनभित्र नियमित गर्नु पर्ने भए नियमित गरी, आवश्यक प्रमाण पेश गर्नु पर्ने भए सो पेश गरी गराई वा असुल उपर गर्नु पर्ने भए असुल उपर गरी वा जवाफबाट प्रष्ट गर्नु पर्ने भए जवाफ दिई वेरुजु फछ्र्यौट गर्नु पर्नेछ र यसको जवाफ लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयलाई पैंतीस दिनभित्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बेरुजु फछ्र्यौट गर्न नभ्याएमा वेरुजु औल्याउने लेखा परीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयमा कारण सहित थप म्याद माग्नु पर्ने र त्यसरी थप गरिदिएको म्यादभित्र सो कार्य सम्पादन गरी वेरुजु फछ्र्यौट गर्नु पर्नेछ ।
(३) अध्यक्षले आफूले नियमित गर्न मिल्ने बेरुजु आफैले नियमित गर्नु पर्नेछ । अध्यक्षले आफूले सोझै नियमित गर्न नमिली कुनै खर्च गर्ने निकाय वा अधिकारी वा सम्बन्धित व्यक्ति वा कर्मचारी बुझी नियमित गर्न हुने वेरुजु सो बमोजिम बुझी नियमित गर्नु पर्नेछ ।
(४) प्रचलित कानूनको रीत पु¥याउनु पर्नेमा सो रीतसम्म नपु¥याई अनियमित भएको तर कोषलाई हानी नोक्सानी भएको नदेखिएको वेरुजु खर्च गर्ने निकायको प्रमुख वा निर्देशकको सिफारिसमा अध्यक्षले नियमित गर्न सक्नेछ । यसरी नियमित गर्दा हानी नोक्सानी नभएको कारण यथाशक्य प्रष्ट गर्नु पर्नेछ ।
(५) बेरुजु फछ्र्यौट गरी कोषको रकम असुल उपर गर्ने सिलसिलामा समितिले जिम्मेवार व्यक्तिको तलवभत्ता, निवृत्तभरण, उपदान र निजले भुक्तानी पाउने जुनसुकै रकम रोक्का गर्न र आवश्यकता अनुसार राहदानी रोक्का गर्न सम्बन्धित निकायमा लेखी
पठाउन सक्नेछ ।